काठमाडौं। कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारीले तरकारीमा विषादीको अत्याधिक प्रयोग न्यूनीकरण गर्न किसानलाई आग्रह गरेका छन् । काठमाडौको बल्खु स्थित कृषि तथा तरकारी वजारको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन नआए सम्म राज्यले लिएका लक्ष्यहरू पुरा हुन सक्दैनन् बताए ।
आफूले मन्त्रालयको जिम्मेवारी लिए देखि किसानलाई मलको सहज व्यवस्था , दूध किसानको बक्यौता रकम भुक्तानीको लागि पहल गरको उल्लेख गर्दे मन्त्री अधिकारीले कृषि उपजको उत्पादन सँगै यसको बजारीकरणमा कुनै समस्या किसानले भोग्न नपरोस् भन्ने आफ्नो चाहना रहेको वताए । तरकारीमा विषादीको अत्याधिक प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दे मन्त्री अधिकारीले यसलाई न्यूनीकरण गर्न जरुरी रहेको वताए ।
विषादी न्यूनीकरणका लागि किसानलाई मन्त्री अधिकारीले आग्रह पनि गरे । किसान र सम्बन्धी निकाय बीच निकटता भए मात्र किसानका समस्या समाधान हुने भएकाले यो खाडल पुर्न आफू लागेको मन्त्री अधिकारीले वताए ।
किसानको उत्पादन शहर सम्म ल्याई विक्रिको व्यवस्था गर्नका लागि बल्खुको जस्तो धेरै कृषि बजारहरूको आवश्यकता रहेकोमा पनि मन्त्री अधिकारीले जोड दिए ।
अर्थ सन्जाल