काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ ।
महालेखा नियन्त्रकको कार्यालयकाअनुसार चालु आवको साउन र भदौ महिनामा सरकारले १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी गरेको देखिएकाे छ ।
२ महिनाको अवधिमा सरकारको कुल खर्च १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ भएको महालेखाले जनाएकाे छ ।
आम्दानीमध्ये राजस्वबाट १ खर्ब ६६ अर्ब ३८ करोड सङ्कलन भएको छ । यो कुल वार्षिक लक्ष्यको ११.७२ प्रतिशत हो । चालु आवमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै गैरकरबाट २१ अर्ब १९ करोड रुपैयाँ सङ्कलन भएको छ ।यो वर्ष ५२ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने सरकारको लक्ष्य हो ।
२ महिनामा गरिएको कुल खर्चमध्ये ८२ अर्ब ९८ करोड रुपैयाँ चालु शीर्षकमा खर्च भएको छ ।
१४ अर्ब ८९ करोड रुपैयाँ पुँजीगत खर्च भएको महालेखाले जनाएको छ ।
अर्थ सन्जाल