काठमाडाैं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर बिक्री गर्ने भएको छ । संस्थाले उक्त सेयर आजदेखि बिक्रीमा राखेको हो ।
उक्त सेयरमा सर्वसाधारण तथा संगठित संस्थाले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।
इच्छुक लगानीकर्ताले काठमाडाैंकाे ज्ञानेश्वरमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आईपुग्ने आवेदन पेस गर्नुपर्नेछ । कम्पनीले सेयरको परिमाण र न्यूनतम मूल्य भने सूचनमा उल्लेख गरेको छैन ।






