काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।
शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाण्डौको सितापाइलामा रहेको कम्पनीको कर्पोरेट कार्यालयमा आवेदन दिनुपर्नेछ ।
उक्त समयभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल