काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्तरिक तथा बाह्य शक्तिबाट मुलुक खतरामा रहेको बताएका छन् ।
आइतबार झापाको बिर्तामोडमा आयोजित राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ‘प्रचण्ड’ले नेपालको भूराजनीतिक अवस्थितिका कारण विश्व शक्ति राष्ट्रहरू नेपाललाई टेकेर चीनलाई घेरा हाल्ने वा नेपाललाई त्यस्तो रणनीतिक अड्डा बनाएर नयाँ युद्धको तयारी रहेको उल्लेख गरेका हुन्।
आन्तरिक शक्तिहरू कोही संविधान च्यात्ने, कोही २०४७ मा फर्कन चाहने भन्दै प्रचण्डले भने,- ‘हिजो दुई तिहाइ भएकै बेला एमालेले संविधान च्यात्न खोजेका थिए।’
संविधानको प्रस्तावनादेखि मौलिक हकसम्म नै माओवादी, सशस्त्र संघर्षजस्ता शब्दावली उल्लेख भएकाले एमालेलाई त्यो पाच्य नभएको ‘प्रचण्ड’को भनाइ छ।
Artha Sanjal
अर्थ सन्जाल