एक हप्तामा वाणिज्य बैंकहरुमा दुई अर्ब रुपैयाँ निक्षेप बढेको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार चैत्र ४ गतेदेखि ११ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप दुई अर्ब रुपैयाँले वृद्धि भएको छ ।
चैत्र ४ गते शुक्रबारसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप थियो । निक्षेप संकलन बढेर चैत्र ११ गते शुक्रबारसम्म आइपुग्दा वाणिज्य बैंकहरुमा ४३ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ ।
संघको तथ्यांक अनुसार चैत्र ४ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह बढेर चैत्र ११ गतेसम्म आइपुग्दा ४१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको हो ।






