काठमाडौं । सेयर बजारको ओरालो यात्रा बुधबार पनि जारी रहेको छ। नेप्से परिसूचक २२.७३ अंकले घटेर २६१०.२१ को विन्दुमा झरेको छ।
आज कारोबार पनि घटेको छ। कारोबार ६ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुम्चिएको छ। आज ३ वटा उपसमूह बढेको छ भने १० वटामा रातो पोतिएको छ।
आज ६६ कम्पनीको सेयरमूल्य बढ्दा १७४ वटा कम्पनीको सेयरमूल्य घटेको छ भने ४ वटाको सेयरमूल्य स्थिर रहेको छ।
घटेको बजारमा आज विन नेपाल लघुवित्त र थ्रीस्टार हाइड्रोपावरको शेयरभाउमा भने सकारात्मक सर्किट लागेको छ। एसियन हाइड्रोपावरको शेयरभाउ भने सर्वाधिक ६.८८ प्रतिशतले घटेको छ। यो दिन सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ।
आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्
सीईडीबी हाइड्रोपावर ३४ करोड ७३ लाख रुपैयाँ,एनएलजी इन्स्योरेन्स २१ करोड १० लाख रुपैयाँ,ग्रीनलाइफ हाइड्रोपावर १९ करोड २७ लाख रुपैयाँ,समृद्धि फाइनान्स १८ करोड १६ लाख रुपैयाँ,एचआईडीसीएलपी १५ करोड २५ लाख रुपैयाँ,गुडविल फाइनान्स १५करोड १८ लाख रुपैयाँ,अपी पावर १४ करोड ७८ लाख रुपैयाँ,सानिमा माई हाइड्रोपावर १२ करोड ८२ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स १२ करोड ३५ लाख रुपैयाँ,अरुण भ्याली हाइड्रोपावर १२ करोड २१ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ।
अर्थ सन्जाल