काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले असोज १८ गते वार्षिक साधारणसभा बोलाएको छ ।
कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले सो दिन सभा बस्ने निर्णय गरेको हो । सभामा कम्पनीले कर सहित १८प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।
सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने अर्को एजेन्डा पनि छ । सभा राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा, काठमाडौंमा दिउँसो २ बजेबाट सुरु हुनेछ ।
Artha Sanjal
अर्थ सन्जाल