धितोपत्र बोर्डद्धारा सानिमा लार्ज क्याप फन्डको प्रतिफल वितरण स्थगित

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा लार्ज क्याप फन्डको प्रतिफल वितरण स्थगित गरेकाे छ ।

योजना व्यवस्थापक सानिमा क्यापिटलको सञ्चालक समितिले लार्ज क्याप फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि १० प्रतिशत नगद प्रतिफल (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

प्रतिफल वितरणार्थ भदौ २६ गते बुक क्लोज गर्ने निर्णयबारे क्यापिटलले धितोपत्र बोर्डलाई भदौ १७ गते जानकारी गराएको थियो।

धितोपत्र बोर्डले भने भदौ २५ गते क्यापिटललाई पत्र पठाउँदै हाललाई उक्त योजनाको प्रतिफल वितरण कार्य स्थगित गर्न निर्देशन दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *