आईएफसीले नेपालमा लगानी विस्तार गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)ले नेपालमा लगानी विस्तार गर्ने भएको छ ।

उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलसँग मंगलबार अर्थ मन्त्रालयमा भएको भेटमा आईएफसीका दक्षिण एसियाका क्षेत्रीय निर्देशक इमाद फाखौरीले आईएफसीले नेपालमा लगानी विस्तार गर्ने जानकारी दिए ।

आईएफसीले गत वर्ष नेपालमा १ सय मिलियन अमेरिकी डलर लगानी गरेको थियो ।

क्षेत्रीय निर्देशक फाखौरीले हरित ऊर्जा, रोजगारी वृद्धि र आर्थिक सहभागिता आइएफसीको प्राथमिकतामा रहेको उल्लेख गर्दै नेपालमा लगानी फराकिलो पार्न आफू र आफ्नो टिमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

अर्थमन्त्री पौडेलले नेपालको अर्थतन्त्र सुधारका लागि थप लगानी आवश्यक रहेको बताउँदै नेपालको प्राथमिकता र आवश्यकतालाई ध्यान दिएर लगानी विस्तार गर्न आग्रह गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *