काठमाडौँ । वाणिज्य बैंकहरुबाट एक सातामै ५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ । जसमध्य भदौमा मात्र २९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको नेपाल बैंकर्स संघले जनाएको छ ।
चालू आर्थिक वर्षको -२०८१/०८२ साउनमा २ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो भने भदौ २१ दिनमा २९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ । साउन मसान्तसम्मकुल कर्जा प्रवाह ४५ खर्ब ७३ अर्ब रुपैयाँ थियो । भदौको अन्त्यसम्ममा कर्जा प्रवाह ४६ खर्ब २ अर्ब रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकहरुले ४० अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यस्तै, साउनमा ३९ अर्बले निक्षेप घटेको छ । बैंकहरुको औसत सिडि रेसियो ७८.७८ प्रतिशत रहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल