काठमाडौं । सेयर बजार आज भारि अंकले घटेकाे छ। आज सेयर बजार नेप्से परिसूचक ५५.८६ अंकले घट्दा २,६४६ को विन्दुमा कामय भएको छ ।
आज ३२७ कम्पनीको २ करोड १० लाख ४८ हजार ९११ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ४३ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज २२२ कम्पनीको सेयरभाउ घटेको छ भने २२ वटा कम्पनीको सेयरभाउ बढेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। आज सबैभन्दा धेरै सिएचडीसीको सेयर कारोबार भएको छ । कम्पनीको ३७ करोडमाथि सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २७ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हाथवे इन्भेष्टमेन्टको २३ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हाथवे इन्भेष्टमेन्टका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ८.९८ प्रतिशतका दरले कमाएका हुन् । नेपाल वेयरहाउजिङका लगानीकर्ताले ७.५९ प्रतिशतका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७.७८ प्रतिशतका दरले कमाएका हुन् ।
अर्थ सन्जाल