बैंकिङ प्रणालीबाट एकैपटक १ खर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज भदौ २३ गते फेरि एकैपटक १ खर्ब रुपैयाँ तान्ने भएको छ।

अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि १ खर्ब रुपैयाँ तान्न लागेको हो।

यसका लागि बैंकले आज ३ बजे बोलकबोल गर्नेछ । यो २१ दिने निक्षेप संकलन उपकरणको असोज १३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *