काठमाडौं । भगवती हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीका लागि गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पूँजीको १४.७३६८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
जसमध्ये ४ प्रतिशत बोनस सेयर र बाँकी १०.७३६८ प्रतिशत नगद लाभांश रहेको कम्पनीले जनाएको छ । साथै कम्पनीले लाभांश पारित गर्नका लागि असोज १६ गते नयाँ बानेश्वरमा वार्षिक साधारणसभा बोलाइएको छ ।
असोज २ गते कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । असोज १ गतेसम्म यस कम्पनीको सेयर होल्ड वा खरिद गर्नेहरु लाभांश र साधारणसभामा भाग लिन हकदार हुनेछन् ।
Artha Sanjal
अर्थ सन्जाल