काठमाडौं। एभरेष्ट बैंकले शुक्रबार लाभांश घोषणा गरेको छ । यो वर्ष बैंकले आफ्ना सेयरधनीहरुलाई १५.५३ प्रतिशत लाभांश दिने भएको हो ।
बैंकको भदौ २१ गते अपरान्ह १ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद (नगद र बोनस सेयरमा लाग्ने कर समेत) लाभांश दिने निर्णय गरेको हो ।
बैंकले गत वर्षको भन्दा कम लाभांश घोषणा गरे पनि आर्थिक मन्दीको प्रभाव परेको वर्षमा धेरै बैंकहरु लाभांश नै बाँड्न नसक्ने अवस्थामा पुगेका कारण एभरेष्टको प्रस्तावित लाभांशलाई सेयरधनीले सन्तोषजनक नै मानेका छन् ।
बैंकले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि आफन सेयरधनीलाई १०.५३ प्रतिशत नगद र १० प्रतिशत बोनस बाँडेको थियो । गत वर्ष २०.५३ प्रतिशत लाभांश बाँडेको बैंकले अघिल्लो वर्ष पनि २०.६८ प्रतिशत लाभांश वितरण गरेको थियो ।
एभरेष्ट बैंकले यो वर्ष सबैभन्दा अगाडि लाभांश प्रस्ताव गर्नु पछाडिको कारणको रुपमा आउन लागेको दशैंअघि नै सेयरधनीलाई ‘दशैं खर्च’ दिनु रहेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले दशैंअघि नै सेयरधनीले खर्च पाउन् भन्ने उद्देश्यले सबैभन्दा अगाडि लाभांश घोषणा गरिएको हो ।
उनका अनुसार लाभांश प्रस्ताव सम्बन्धी सम्पूर्ण आवश्यक कागजात शुक्रबार(आज) नै तयार भइसकेको छ । अब आगामी आइतबार प्रस्तावित लाभांश स्वीकृतिका लागि बैंकले राष्ट्रबैंकमा पठाउनेछ ।
यस्तो छ बैंकको २१ वर्षको लाभांश इतिहास:
अर्थ सन्जाल