काठमाडौं । मुक्तिनाथ क्यापिटलले १५ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनीका सञ्चालक समितिको बैठकले आउँदो असोज ११ गते वार्षिक साधारणसभा बस्ने भएकाे हो । सभा काठमाडौंबो बौद्धस्थित सिद्धार्थ बुटिक होटलमा अपराह्न ४ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तावित ७.५ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ। सभाले उक्त आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ। सभाले आर्थिक वर्ष २०८१।८१ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव स्वीकृत गर्नेछ। सभाले नियमावलीको नियम ३२ (ख) संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।
Artha Sanjal
अर्थ सन्जाल