काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ को विन्दुमा झरेको छ।
आज ३१६ कम्पनीको २ करोड १ लाख ५३ हजार ९९३ कित्ता ९ अर्ब ६५ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । घटेको बजारमा आज १०१ कम्पनीको सेयरमूल्य बढेको छ भने १३८ कम्पनीको सेयरमूल्य घटेको छ। यो दिन ५ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। आज २ वटा उपसमूहमा हरियाली छाएको छ भने ११ वटामा रातो पोतिएको छ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको ४० करोड ५० लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनएलजी इन्स्योरेन्सको ३४ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गुडविल फाइनान्सको २९ करोड ९६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले ९.१४ प्रतिशतका दरले कमाएका छन् । नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताले ८.४३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.९१ प्रतिशतका दरले गुमाएका छन् ।
आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्
नेपाल फाइनान्स ४० करोड ५० लाख रुपैयाँ,एलजी इन्स्योरेन्स ३४ करोड २२ लाख रुपैयाँ,गुडविल फाइनान्स २९ करोड ९६ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स २९ करोड ४ लाख रुपैयाँ
अपी पावर २२ करोड ६१ लाख रुपैयाँ,अरुण भ्लाली हाइड्रोपावर १७ करोड ३१ लाख रुपैयाँ,सीईडीबी हाइड्रोपावर १६ करोड ५७ लाख रुपैयाँ,शिवम सिमेन्ट १४ करोड ७६ लाख रुपैयाँ,एचआईडीसीएल १२ करोड १४ लाख रुपैयाँ,निफ्रा ११ करोड ६२ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ ।
अर्थ सन्जाल