काठमाडाैं । कर्णाली जलश्रोत लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । गत भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले १० औं वार्षिक साधारण सभा बोलाएको छ ।
सभा आगामी असोज १२ गते काठमाडौको शंखमुलस्थित ए वान क्याफे एण्ड ब्याङक्वेटमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
यसैगरी, सभाले सञ्चालक समितिको प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आव २०८१/०८२ मा भएको कारोबारको लेखापरीक्षण गर्न लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गर्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल