काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले मर्जर प्रस्तावसहित आगामी असोज १३ गते वार्षिक साधारणसभा बोलाएको छ ।
सभा लर्ड पार्टी भेन्यु धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा हकप्रद सेयर अनुमोदन गर्ने सम्बन्धमा छलफल हुनेछ । त्यसैगरी, कम्पनीले गाभ्ने/ गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा पनि विशेष प्रस्ताव पेश गर्नेछ । यसले लाभांश प्रस्ताव भने गरेको छैन ।
सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
सभा प्रयोजनका लागि बरुणले आगामी असोज २ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज १ गतेसम्म कायम सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् । यद्दपि, असोज १ गते सार्वजनिक विदा पर्ने हुँदा भदौ ३१ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।
अर्थ सन्जाल