काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको व्यवस्थापनमा सञ्चालित २ वटा म्युचुअल फन्डको लाभांश घोषणा भएको छ । राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रबर्द्धन गरिएको र आरवीवी मर्चेन्ट बैंकिङ्ग योजना व्यवस्थापकको रहेको यी दुई योजनाले आव २०८०/ ०८१ को मुनाफाबाट लाभांश घोषणा गरेका हुन्।
बिहीबार बसेको सञ्चालक समितिको बैठकले आरबीबी म्युचुअल फन्ड -१ को ३.८१ प्रतिशत नगद लाभांश (कर सहित)र आरबीबी म्युचुअल फन्ड -२ को ८.७४ प्रतिशत नगद लाभांश (कर सहित) प्रस्ताव गरिएको छ ।
लाभांश प्रयोजनका लागि भदौ ३१ गते बुक क्लोज मिति तय भएको छ । तसर्थ, भदौ ३० गतेसम्म कायम इकाईधनीले लाभांश प्रप्त गर्न सक्नेछन् ।
Artha Sanjal
अर्थ सन्जाल