वीरगञ्ज यातायात कार्यालयले उठायो एक वर्षमा डेढ अर्ब राजस्व

काठमाडौं। यातायात व्यवस्था कार्यालय वीरगञ्जले आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब ५२ करोड ५१ लख ५४ हजार १५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा १७ करोड १९ लाख ७९ हजार एक सय ५१  रुपैयाँ बढी राजस्व सङ्कलन गरेको हो।

यातायात व्यवस्था कार्यालय वीरगञ्जका प्रमुख कमलराज गौतमले अघिल्लो आवको तुलनामा गत आवमा राजस्व सङ्कलन उत्साहप्रद रहेको बताए। कार्यालयले आव २०७९/८० मा भने एक अर्ब ३५ करोड ३१ लाख ७४ हजार आठ सय ६४ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। सो आवमा सवारीतर्फ एक अर्ब १९ करोड ४८ लाख १४ हजार आठ सय रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *