काठमाडौं। सेयर बजार आज भारि अंकले घटेकाे छ। नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ को विन्दुमा बन्द भएको छ।
आज ३२० कम्पनीको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९२ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बजार घट्दा २१३ कम्पनीको सेयरमूल्य घटेको छ भने ३१ कम्पनीको सेयरमूल्य बढेकाे छ। आज १ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। आज १३ वटै उपसमूहमा रातो पोतिएको छ।
आज सबैभन्दा धेरै नेपाल फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३० करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड १५ लाखको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको २९ करोड ८० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एक्सेल डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त र समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कुमारी इक्विटी फण्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले १० प्रतिशतका दरले गुमाएका हुन् ।
आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्
नेपाल फाइनान्स ३० करोड ५२ लाख रुपैयाँ,एक्सेल डेभलपमेन्ट बैंक ३० करोड १५ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स २९ करोड ८० लाख रुपैयाँ,एनएलजी इन्स्योरेन्स २८ करोड ३३ लाख रुपैयाँ,सानिमा रिलायन्स लाइफ २८ करोड २२ लाख रुपैयाँ,अपी पावर २४ करोड ६२ लाख रुपैयाँ,एनआरएन इन्फ्रास्ट्रक्चर २४ करोड १५ लाख रुपैयाँ,गुडविल फाइनान्स २३ करोड ६३ लाख रुपैयाँ,सप्तकोशी डेलभपमेन्ट बैंक २२ करोड ३९ लाख रुपैयाँ,सीईडीबी हाइड्रोपावर २० करोड ११ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ।
अर्थ सन्जाल