काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनिले सेयरधनीको नाममा रहेको ८३ हजार ७६ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त संस्थापक सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्ने सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजका दिनबाट ३५ दिनभित्र आवेदन गरिसक्नुपर्ने छ ।
साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट सेयर खरिद नभएको खण्डमा कम्पनीले कानून बमोजम अन्य व्यक्ति वा संस्थालाइै बिक्री प्रक्रिया अगाडी बढाउने एक सूचनामार्फत जानकारी दिएको छ ।
Artha Sanjal
अर्थ सन्जाल