नेपाल इन्सुरेन्सको संस्थापक सेयर लिलामी बिक्री खुला

काठमाडाैं । नेपाल इन्सुरेन्स कम्पनीले संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ । कम्पनीले संस्थापक समूहतर्फको ६६ हजार ५६६ कित्ता सेयर बिक्रीमा राखेकाे हो ।

कम्पनीको उक्त संस्थापक सेयर जोकोही योग्य व्यक्तिले खरिद गर्न पाउनेछन् । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३०० रुपैयाँ तोकिएको छ भने कम्तिमा १ हजार कित्ता सेयरको लागि आवेदन दिनुपर्नेछ ।

उक्त संस्थापक सेयरमा भदौ १९ गते बुधबारदेखि असोज २ गतेसम्म आवेदन दिन सकिने छ ।

यसमा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *