काठमाडौं । प्रि ओपन सेसनमा आज नेप्से बढेको छ। यससँगै सूचक २९.८७ अंकले बढेर २८६०.०७ विन्दुले बढेको हाे । १ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
८० कम्पनीको १६ हजार १ सय ७१ कित्ता सेयर कारोबार भएको छ । ६३ कम्पनीको भाउ बढेको छ भने १० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ७९ वटा कारोबार भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल