लुम्बिनी विकास बैंकको संस्थापक शेयर विक्रीमा

लुम्बिनी विकास बैंकको ९ हजार १७० कित्ता संस्थापक शेयर आइतवारदेखि विक्रीमा आएको छ । बैंकले राजिव भट्टराईको स्वामित्वमा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको छ  ।

विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र शेयर खरीद गर्न इच्छुक भए बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउनुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने जानकारी बैंकले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *