काठमाडौं । सेयर बजार मंगलबार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ६.९० अंकले बढेर २८३०.१६ को विन्दुमा बन्द भएको छ।
आज ३२८ कम्पनीको ३ करोड ५ लाख ९९ हजार ८९० कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ५७ करोड ७१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । यो दिन १०६ कम्पनीको सेयरमूल्य बढ्दा १३३ वटा कम्पनीको सेयरमूल्य घटेको छ। ५ वटाको कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। आज ५ वटा उपसमूहमा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ।
आज सबैभन्दा धेरै एनएलजी इन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३४ करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । गुडविल फाइनान्सको २९ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा रिलायन्स लाइफको २८ करोड २६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सात कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज एनएलजी इन्स्योरेन्स, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त वित्तीय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, विन नेपाल लघुवित्त, मानुषि लघुवित्त वित्तीय संस्था, विन्ध्यावासिनी हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका छन् ।
आज उच्च किनबेच गर्ने कम्पनीहरु यस्ता छन्
एनएलजी इन्स्योरेन्स ३४ करोड ७२ लाख रुपैयाँ,गुडविल फाइनान्स २९ करोड ५४ लाख रुपैयाँ,सानिमा रिलायन्स लाइफ २८ करोड २६ लाख रुपैयाँ,अपी पावर २६ करोड ४४ लाख रुपैयाँ
हिमालयन रिइन्स्योरेन्स २५ करोड ३७ लाख रुपैयाँ,अरुण भ्याली हाइड्रोपावर २३ करोड ४ लाख रुपैयाँ,सप्तकोशी डेभलपमेन्ट बैंक २२ करोड ७० लाख रुपैयाँ,नेपाल इन्स्योरेन्स २२ करोड ३३ लाख रुपैयाँ,नेपाल फाइनान्स २१ करोड ३४ लाख रुपैयाँ,सानिमा माई हाइड्रोपावर २० करोड ३३ लाख रुपैयाँको सर्वाधिक कारोबार भएकाे छ ।
अर्थ सन्जाल