काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज पौने ६० लाख ८६ हजार बढी सेयर थपिएको छ। नेपाल पुनर्बीमा कम्पनी (नेपाल रि)को बोनस सेयर थपिएको हाे।
नेप्सेमा नेपाल रिको ६० लाख ८६ हजार ४३३.२८ कित्ता बोनस सेयर थपिएको छ। यो कम्पनीले अघिल्लो आर्थिक वर्षमा आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको ४.७५ कित्ता बोनस शेयर वितरण गरेको थियो। सोही शेयर आज नेप्सेमा सूचीकृत भएको हो।






