एनआईसी एशिया बैंकका ग्राहकलाई यती एयरलाइन्सकाे टिकटमा छुट

काठमाडाैं । एनआईसी एशिया बैंकले यती एयरलाइन्ससँगको सहकार्यमा ‘ एनआईसी एशिया स्काइ क्लब कार्ड’ सार्वजनिक गरेको छ।

भिसा काे-ब्रान्डेड कार्डका रुपमा आएको यो कार्ड यती एयरलाइन्स तथा यस बैंकका सम्पूर्ण ग्राहकहरूले प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यस कार्डकाे प्रयोग गरेर एयरलाइन्सको टिकट खरिद गर्दा बैंकका ग्राहकले १० प्रतिशत छुट सहित अन्य सुविधाहरू उपलब्ध हुने गरी बैंक र एयरलाइन्स बीच बुधबार समझदारी भएको छ।

यती एयरलाइन्सको मोबाइल एप तथा वेबसाइट प्रयोग गरेर यस कार्डबाट ई–कमर्श भुक्तानी गरी एयरलाइन्सका सबै प्रकारका टिकट काट्दा ग्राहकले १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

यस्तै ग्राहकले प्रत्येक कारोबारमा माइलेज पोइन्टस् र ५ किलोग्राम अतिरिक्त ब्यागेज सुविधा पनि प्राप्त गर्नेछन्। यती एयरलाइन्सका विभिन्न काउन्टरमा यो कार्ड देखाएर टिकट काट्दा समेत उक्त छुट उपलब्ध हुनेछ।

साथै, उक्त कार्डको प्रयोग गरेबापत देशभरका विभिन्न होटल, रेष्टुरेन्ट, अस्पताल र यती एयरलाइन्सको स्काइ क्लब कार्डमा उपलब्ध हुने सम्पूर्ण सुविधा एवं छुटहरू प्राप्त गर्न सकिने बैंकले जनाएकाे छ।

यो कार्ड लिनका लागि ग्राहक बैंकको नजिकको शाखा कार्यालयमा पुगेर आवेदन दिन पर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *