बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि बुधबार निक्षेप संकलन मार्फत ४० अर्ब तरलता खिच्न लागेको हो । यसअघि भदौं २ गते १ खर्ब रुपैयाँ तानेको केन्द्रीय बैंकल आज ४० अर्ब रुपैयाँ तान्ने भएको हो ।

केन्द्रीय बैंकले २१ दिन अवधिको ४० अर्ब रूपैयाँ निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्न लागेको हो । यसका लागि बैंकले आज ३ बजे बोलकबोल गर्नेछ । यो २१ दिने निक्षेप संकलन उपकरणको असोज २ गते साँवा तथा ब्याज भुक्तानी गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले भदौं दोस्रोपटक तरलता खिच्न लागेको हो । अघिल्लो महिना साउनमा केन्द्रीय २ खर्ब १० अर्ब रुपैयाँ तानेको थियो।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गरिएको छ।

उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *