कुमारी धनवृद्धि योजना र इक्विटी फण्डको बुक क्लोजको मिति तय

काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको गत आर्थिक वर्षका लागि घोषित लाभांश वितरण प्रयोजनार्थ भदौ १९ गते बुक क्लोज गरिने भएको छ ।

यसका आधारमा भदौ १८ गतेसम्म कायम शेयरधनीले मात्रै लाभांश पाउनेछन् ।

यी म्युचुअल फन्डका इकाइधनीहरुलाई गत आर्थिक वर्षका लागि समान ९.५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरिएको छ। फन्डको योजना व्यवस्थापकमा कुमारी क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *