काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडको हकप्रदमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत साउन २४ गतेदेखि निष्कासन गरेको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
कम्पनीले हाल कायम चुक्तापूँजी ९९ करोड रुपैयाँ बराबरको १ः१ अनुपातमा रु.१०० अंकित दरका ९९ लाख कित्ता हकप्रद निष्कासन गरेको छ । यसका लागि,नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था,सीडीएससीको मेरो शेयर र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।
त्यस्तै, लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको केन्द्रीय कार्यालय र रामेछापको गोकुल गंगा गाउँपालिकामा रहेकमो लक्ष्मी सनराइज बैंकको शाखा कार्यालयबाट समेत आवेदन दिन सक्नेछन्।
हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत असार २० गते बुक क्लोज गरिसकेकालेअसार १९ गतेसम्म कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन पाउनेछन्। यसको प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ।
अर्थ सन्जाल