


काठमाडौं । ‘फोन पे’ ले लोकप्रिय आइसक्रिम ब्रान्ड बस्किन-रोबिन्ससँगको सहकार्यमा ‘फोन ट्याग स्कुप एन्ड सेभ’ को घोषणा गरेको छ ।
२५ अगस्तदेखि सुरु भएको फोन ट्याग स्कुप एन्ड सेभ अभियानले कन्ट्याक्टलेस पेमेन्टका फाइदालाई एक आकर्षक अफर मार्फत प्रकाशमा ल्याउन लक्ष्य लिएको फोन पेले जनाएको छ ।
फोन ट्याग मार्फत भुक्तानी गर्ने ग्राहकहरूले नेपालभरिका १८ बास्किन-रोबिन्स आउटलेटहरूमा ५० प्रतिशत क्यासब्याक अर्थात २०० रुपैयाँसम्मको लाभ लिन सक्नेछन् ।
यो सीमित समयको प्रस्ताव प्राप्त गर्नका लागि ग्राहकले फोनपे एप वा फोन ट्याग सक्षम मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गर्नु पर्नेछ ।
यस एकीकृत सेवाले सजिलै र झन्झटविहीन लेनदेन प्रक्रिया सुनिश्चित गर्ने र इन्टरनेटको उपलब्धतासँग सम्बन्धित समस्यालाई हटाउनुका साथै भुक्तानीलाई छिटो र सजिलो बनाउने ‘फोन पे’ ले जनाएको छ ।
बास्किन-रोबिन्स आउटलेटहरू बूढानीलकण्ठ, सामाखुसी, महाराजगञ्ज, उत्तर्दोका, थमेल, दरबारमार्ग, आइप्लेक्स मल (मिड-बानेश्वर), बत्तिसपुतली, पाटन दरबार स्क्वायर, लाबिम मल (पुल्चोक), झम्सिखेल, लेकसाइड (पोखरा), महेन्द्रपुल (पोखरा), बुटवल, वीरगञ्ज, विराटनगर, हेटौंडा र भैंसेपाटीमा यो सेवा उपलब्ध हुने ‘फोन पे’ ले जनाएको छ ।

अर्थ सन्जाल