काठमाडौँ । कुमारी बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा सुधीरनाथ पाण्डे नियुक्त भएका छन् । कुमारी बैंकको सञ्चालक समितिको बैठकले उनलाई डीसीइओमा नियुक्त गरेको हो ।
बैंकका नायव प्रमुख कार्यकारी रामचन्द्र खनाल प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएसँगै खाली रहेको उक्त पदमा पाण्डेलाई नियुक्त गरिएको हो ।
पाण्डेलाई बुधबारदेखि लागू हुनेगरी डीसीईओ नियुक्त गरिएको हो । पाण्डे ६ महिनाअघि एनआईसी एसिया बैंकको डीसीईओबाट राजिनामा दिएका थिए । पाण्डेसँग साढे तीन दशकभन्दा बढीको बैंकिङ अनुभव रहेको छ ।
Artha Sanjal
अर्थ सन्जाल