काठमाडाैं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३६औं वार्षिक साधरणसभा शुक्रबार सम्पन्न भएको छ।
सभाले हाल कायम चुक्तापूँजीको १० प्रतिशत नगद लाभांश र चार प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै सोही सभाले आर्थिक वर्ष (आव) २०७९/८० को वार्षिक एवं लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका वित्तीय विवरण छलफल गरी आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गरेको छ।
सभाले आव २०७९/८० मा भएको खर्च अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।
नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीको चुक्तापूँजी ५ अर्ब रुपैयाँ पुर्याउनु पर्ने वाध्यात्मक व्यवस्था गरेकोमा चार प्रतिशतको वोनस शेयर थप भई कम्पनीको कुल चुक्तापूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार८२ रुपैयाँ पुगेको छ ।
Artha Sanjal
अर्थ सन्जाल