काठमाडौं । एसियाली विकास बैंक ९एडिबी०ले नेपाललाई थप सहयोग गर्ने भएको छ ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँगको भेटमा एडिबीका कार्यकारी निर्देशक सुपक चाइयावानले नेपालसँगको विकास साझेदारीरणनीतिमार्फत थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
भेटमा अर्थमन्त्री पौडेलले एडिबीको सहयोगबाट सञ्चालित कार्यक्रमहरु प्रभावकारी रुपमा अघि बढ्ने विश्वास व्यक्त गरेका छन् भने एडिबीका कार्यकारी निर्देशक चाइयावानले पनि नेपालको अर्थतन्त्र समस्यामा रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलको नेतृत्वमा अर्थतन्त्र गतिशिल हुने विश्वास व्यक्त गरे ।
विश्व बैंकसँगको सहकार्यमा सन् २०२५ देखि २०२९ सम्म सञ्चालन हुने विकास साझेदारी रणनीतिमार्फत एडिबीले तीन तहको सरकारको क्षमता अभिवृद्धि, निजी क्षेत्रलाई प्रोत्साहन र शिक्षा क्षेत्रमा सहयोग गर्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल