काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ। सेबोनले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा विभिन्न पदमा ६ जना कर्मचारी माग गरेको हो ।
बोर्डले रिक्त ग रहेका २ जना सहायक निर्देशक, १ वरिष्ठ सहायक र ३ सहायक गरी ६ पदमा दरखास्त माग गरेको हो ।
योग्यता पुगेका इच्छुक तथा योग्य उम्मेदवार भदौ २७ गतेसम्म अनलाइनबाट आवेदन दिन सक्नेछन् भने असोज ३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने बोर्डले जनाएको छ। बोर्डको वेबसाइटभित्र करियर ट्याबमा क्लिक गरी अनलाइन आवेदन दिन सकिने छ ।
Artha Sanjal
अर्थ सन्जाल