काठमाडौं । आज सेयर बजार सामान्य बढेर छ । आज सेयर बजार २.११ अंकले बढेर २,९६८ को विन्दुमा बन्द भएको छ।
आज १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज १ सय कम्पनीको सेयर मूल्य बढेको छ भने १४० कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ६६ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, रिलायन्स फाइनान्स र दोल्ती पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।
Artha Sanjal
अर्थ सन्जाल