


काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विशाल ग्रूप लिमिटेडको स्वामित्वमा रहेको ७ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै यो शेयर खरीद गर्न पाउनेछन् ।
शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४५० रुपैयाँ तोकिएको छ । बोलकबोल गर्दा घटीमा १ लाख कित्ता र बढीमा सबै कित्ता शेयर खरीदको माग सहित बोलपत्र पेश गर्न सकिनेछ ।
इच्छुक व्यक्तिले काठमाडौंको थापाथली–११ स्थित एनआईसी एशिया क्यापिटल लिमिटेडमा बोलपत्र पेश गर्नु पर्नेछ । बोलपत्र आज भदौ ५ गतेदेखि असोज ८ गते कार्यालय समयभित्र पेश गर्नुपर्ने छ ।
Artha Sanjal

अर्थ सन्जाल