काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारलाई परिपक्व र दिगो ढंगले अघि बढाउनका लागि नीतिगत र संरचनागत प्रवन्ध गरी प्रविधिको प्रयोगमा जोड दिने बताएका छन्।
आइतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले पछिल्ला दिनहरुमा शेयर बजारको बारेमा प्रायः चर्चा हुने गरेको भन्दै सेयर बजार अहिले उत्साहित रहेको बताए। उनले सेयर बजार अर्थतन्त्रको ऐना भएको भन्दै सेयर बजारले अर्थतन्त्रको अवस्थालाई प्रतिविम्वित गर्ने बताए।
सरकारले लिएका नीतिहरुका कारण शेयर बजार उत्साहित रहेको उनले बताए। उनले सरकारले दिगो, स्थिर ढंगले सेयर बजार अघि बढेको हेर्न चाहेको बताए। अर्थमन्त्री पौडेलले इन्साइडर ट्रेडिङका कुरा र लगानीकर्ताको लगानी नडुबोस् भन्ने सुझावमाथि सरकार गम्भीर रहेको बताए।
अर्थ सन्जाल