१ खर्ब २६ अर्ब ८२ करोड सहुलियतपूर्ण कर्जा उठ्न बाँकी

काठमाडौं । नेपाल सरकारको ब्याज अनुदानमा बैंक तथा वित्तीय संस्थामार्फत गत आर्थिक वर्षमा १ लाख २० हजार २७४ ऋणीले सहुलियतपूर्ण कर्जा पाएका छन् । ऋणीलाई प्रवाह भएको १ खर्ब २६ अर्ब ८२ करोड रुपैयाँ कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको हो ।

कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ४६ हजार ३५६ ऋणीलाई प्रवाह भएको ८६ अर्ब ९० करोड रुपैयाँ कर्जा रहेको छ ।

त्यस्तै, महिला उद्यमशील कर्जा अन्तर्गत ७१ हजार ८८३ महिला उद्यमीलाई प्रवाह भएको ३८ अर्ब २९ करोड रुपैयाँ कर्जा रहेको छ ।

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ३५ ऋणीको १ अर्ब ६३ करोड रुपैयाँ कर्जा बक्यौता रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *