गत आर्थिक वर्षको मूल्यवृद्धि ५.४४ प्रतिशत

काठमाडौं । नेपाली बजारमा महँगी ह्वात्तै घटेको छ । गत वर्ष असार मसान्तसम्मको तथ्यांकअनुसार सार्वजनिक गर्दै केन्द्रीय बैंकले महँगी घटेको जनाएको हो ।

१ वर्षमा मूल्य वृद्धि २.३ प्रतिशत बिन्दुले घटेको हाे । मूल्य वृद्धि दर (मुद्रास्फीति) २०८० असारको तुलनामा २०८१ असारमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति २.३ प्रतिशत बिन्दुले घटेको नेपाल राष्ट्र बैंकको तथ्यांकले जनाएकाे छ । आर्थिक वर्ष २०८०–८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ७.७४ प्रतिशत रहेको थियो ।

केन्द्रीय बैंकले सार्वजनिक गरेको गत असार मसान्तसम्मको तथ्यांकअनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.५७ प्रतिशत रहेको छ । २०८० असार महिनासम्म यस्तो वृद्धि ७.४४ प्रतिशत रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८०–८१ मा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत मरमसला उप–समूहको मूल्यवृद्धि २६.४० प्रतिशत, दाल तथा गेडागुडीको ९.९६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुहरुको ९.८७ प्रतिशतले घटेको छ ।

त्यस्तै, खाद्य तथा खाद्यजन्य पदार्थको ९.८५ प्रतिशत र तरकारीहरुको ८.२९ प्रतिशत रहेको छ भने घ्यू तथा तेल उप– समूहको मूल्य सूचकांक १०.९९ प्रतिशतले घटेको छ ।

त्यस्तै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत विविध वस्तु तथा सेवाहरु उप–समूहको मूल्यवृद्धि ११.३८ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको १०.९६ प्रतिशत, शिक्षाको ७.७३ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको ४.७५ प्रतिशतले बढेको छ ।

कपडाजन्य तथा जुत्ता चप्पलको ४.५६ प्रतिशत रहेको छ भने यातायात उप-समूहको मूल्य सूचकांक ०.८२ प्रतिशतले घटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *