काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेकाे छ । आइतबार सार्वजनिक गरेकाे विवरणअनुसार कम्पनी साढे दुई करोड नोक्सानीमा देखिएको छ ।
अघिल्लो आवमा कम्पनीले ४८ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको थियो । तर, गत आवमा आइपुग्दा भने कम्पनी २ करोड ४९ लाख ४५ हजार रुपैयाँ नोक्सानीमा देखिएको छ ।
अघिल्ले आवमा कम्पनीले ४ करोड ६८ लाख २९ हजार रुपैयाँ बराबरको विद्युत बिक्री गरेको थियो । तर, गत आवमा आइपुग्दा भने १४.११ प्रतिशत घटेर ४ करोड २ लाख २३ हजार रुपैयाँ कायम भएको छ ।
कम्पनी वित्तीय खर्च १४९.२८ प्रतिशत बढेर ६२ लाख ७२ हजार रुपैयाँ पुगेको छ। हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि १.०१ रुपैयाँ ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ भने १०० रुपैयाँ ४२ पैसा छ ।
हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ४६ करोड ७१ लाख रुपैयाँ छ । जगेडा तथा कोषमा भने ९५ लाख रुपैयाँ छ ।
अर्थ सन्जाल