काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेकाे छ । सार्वजनिक विवरणअनुसार खुद नाफा ६ करोड २१ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा यस्तो नाफा ७ करोड ८८ लाख रुपैयाँ थियो ।
कम्पनीको बिक्री आम्दानी भने ५२ प्रतिशत बढेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी ८ अर्ब ७८ करोड रहेकोमा गत आर्थिक वर्ष १३ अर्ब ३५ करोड पुगेको छ ।
बिक्री लागत अघिल्लो आर्थिक वर्षमा ७ अर्ब ८२ करोड थियो भने गत आवमा १२ अर्ब २६ करोड पुग्यो ।
अघिल्लो आवमा नछुट्याइएको कर्मचारी बोनस गत आवमा ८४ लाख छुट्याइयो । अघिल्लो आवमा ४४ करोड ५० लाख रहेको ब्याज खर्च गत आर्थिक वर्षमा ५८ करोड पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १९ रुपैयाँ ७१ पैसा छ । अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी २८ रुपैयाँ २६ पैसा थियो ।
Artha Sanjal
अर्थ सन्जाल