काठमाडौं। प्रि ओपन सेसनमा आज नेप्से बढेको छ। यससँगै सूचक १६.३८ अंकले बढेर ३०१७.२९ विन्दुले बढेको हाे । ४ करोड ५९ लाख भन्दा बढीको सेयर कारोबार भएको छ । १ सय १९ कम्पनीको १ लाख १० हजार ७ सय ६४ कित्ता सेयर कारोबार भएको छ ।
कुल ६८ कम्पनीको भाउ बढेको छ भने ३० वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ६ सय १६ वटा कारोबार भएको छ ।
Artha Sanjal
अर्थ सन्जाल