काठमाडौं । सोलुखुम्बको थामे गाउँमा भीषण बाढी आएको छ । भोटेकोशीको सहायक खोलामा शुक्रबार दिउँसो एक्कासी आएको बढीले खुम्बु पासाङल्हामू गाउँपालिका वडा-५ मा पर्ने थामे गाउँ नराम्ररी प्रभावित भएको छ ।
स्थानीयका अनुसार केही दिनदेखि वर्षा त भइसकेको थियो, तर यति ठूलो बाढी आउने अवस्था थिएन । त्यसैले माथिल्लो भेगमा रहेको हिमताल फुटेको हुनसक्ने स्थानीयको आशंका छ ।
उनले हिमताल फुटेको आशंका गरिएको भन्दै एकाएक ठुलो आवाजका साथ लेदोसहितको बाढी आएको स्थानीयले बताए ।
जल तथा मौसम विज्ञान विभागले जोरसल्लेदेखि तल दूधकोसीको तटीय क्षेत्रमा हुनेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
थुलुङ दुधकोसी गाउँपालिकाले एक सूचनामार्फत थामे क्षेत्रमा आएको बाढीको कारणले केही घर बगाइसकेको सूचना प्राप्त भएको जनाएको छ । गाउँपालिकाले दूधकोसी नदी किनारका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत र सुरक्षित स्थानमा अस्न आग्रह गरेको छ ।
अर्थ सन्जाल