काठमाडौं । वाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागु हुने ब्याजदरको सूचना प्रकाशित गरेका छन्।भदौ महिनाका लागि २० वटा वाणिज्य बैंकहरुले ब्याजदरमा कटौति गरेका छन् ।
१२ बैंकको ब्याजदर घटेको छ भने ७ बैंकले स्थिर राखेका छन् भने १ बैंकले ब्याजदर बढाएको छ ।
प्राइम बैंकको ब्याजदर साउनको तुलनामा बढेको हो । ग्लोबल आइएमई, लक्ष्मी सनराइज, कुमारी,माछापुच्छ्रे, सिटिजन्स, स्टान्डर्ड चार्टर्ड र नबिल बैंकले साउनकै ब्याजदरलाई भदौमा पनि निरन्तरता दिएका छन् ।
साउनको तुलनामा भदौमा ब्याजदर घटाउने बैंकमा कृषि विकास, राष्ट्रिय वाणिज्य, एसबीआई, नेपाल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, सिद्धार्थ, प्रभु, एनएमबी, एनआईसी एसिया, हिमालयन र एभरेस्ट छन् ।
व्यक्तिगत मुद्दति निक्षेपमा ती कम्पनीहरुले अधिकतममा ७.४१ प्रतिशत ब्याज दिने छन् । सबैभन्दा कम ब्याज दिने बैंकमा नेपाल बैंक छ । यस्तो निक्षेपमा उक्त कम्पनीको अधिकतम ब्याजदर ५.२५ प्रतिशत छ ।
भदौ महिनाका लागि यी बैंकको ब्याजदर स्थिर ?
नबिल बैंक
भदौ महिनाका लागि नबिल बैंकले पनि ब्याजदर स्थिर राखेको छ ।
बैंकले भदौका लागि मुद्दती निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत, रेमिटेन्सतर्फ अधिकतम ८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर कायम गरेको छ ।
साधारण बचत खातामा बैंकले न्यूनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म र रेमिटेन्स बचत खातामा ६ प्रतिशत ब्याजदर कायम गरेको छ । यस बैंकको आधारदर ७.६३ प्रतिशत र स्प्रेडदर ३.९९ प्रतिशत छ ।
स्ट्याण्डर्ड चाटर्ड बैंक
स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले भदौ महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।
सिटिजन्स इन्टरनेशनल बैंक
सिटिजन्स इन्टरनेशनल बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ ।
लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
ग्लोबल आइएमई बैंक
बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । साउन महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ६.२५ र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर नै दिएको थियो ।
कुमारी बैंक
कुमारी बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२१ प्रतिशत र संस्थागततर्फ ५.५६ प्रतिशत ब्याजदर कायम गरेको छ । साउनका लागि पनि बैंकले यही ब्याजदर कायम राखेको थियो ।
माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले भदौ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । साउनका लागि पनि बैंकले यही ब्याजदर कायम राखेको थियो ।