काठमाडौं । नेपाल राष्ट्र बैंकले दुई मनिचेन्जरहरुको इजाजतपत्र खारेज गरेको छ । बैंकले एक सूचना जारी गर्दै तोकिएको व्यवस्था बमोजिम समयमा नवीकरण नगरेकाले ठमेलस्थित रेम्बो मनि एक्सचेन्ज र पुल्चोकस्थित कसा मनि एक्सचेन्जको खारेज गर्ने निर्णय भएको छ ।
केन्द्रीय बैंकबाट मनिचेन्जर कारोबार गर्न इजाजतपत्रप्राप्त गरेका मनिचेन्जरहरूको नेपाल राष्ट्र बैंक, मनिचेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ चौथो संशोधनसहित ९ को विनियम १९ को उप-विनियम ३० मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा नवीकरण नगरेकाले इजाजतपत्र खारेज गर्ने निर्णय भएको हो ।
Artha Sanjal
अर्थ सन्जाल