काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २२ अंक बढेको छ।
आज सेसनमा २१.८४ अंक बढेर २९७९.५९ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.५४ अंक बढेको छ।
बिहीबार प्रि ओपन सेसनमा १२१ स्टकको ४६८ पटकको कारोबारमा २ करोड ८६ लाख ७६ हजार २९४ रुपैयाँ ३० पैसा बराबरको ५४ हजार ५२१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ८५ स्टकको मूल्य बढेको छ भने २० स्टकको मूल्य घटेको छ। बाँकी १६ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।
Artha Sanjal
अर्थ सन्जाल