काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल उद्योगलाई प्रोत्साहित गर्न आगामी भदौ ११ देखि १६ सम्म नाडा अटो शो २०२४ गर्ने भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बुधबार नाडाले आगामी अटो शो काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने र पहिलेभन्दा भव्य र प्रभावशाली हुने अपेक्षा गरिएको जनाएको छ ।
नाडा अटो शो २०२४ समितिका संयोजक अनुप बरालका अनुसार – अटो सोले अटोमोबाइल क्षेत्रका नवीनतम प्रवृत्ति र प्रविधिहरूको व्यापक प्रदर्शन गर्न मञ्च तयार पार्ने र यस वर्षको प्रदर्शनीमा चारपांग्रे ब्रान्ड २४, दुईपांग्रे ब्रान्ड १९ र हल्का व्यावसायिक सवारीसाधनका १२ ब्रान्ड रहनेछन् । भने यस शो मा ७ वित्तीय संस्थाहरूले सहभागिता जनाउने भएका छन् । त्यस्तै, प्रदर्शनीमा कुल ९५ प्रदर्शकले १३० स्टलमा आफ्ना उत्पादन र सेवा प्रदर्शन गर्नेछन् ।
नाडा अटो शो प्रदर्शनीमा ३३ कम्पनी जुन लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य प्रटो कम्पोनेन्टहरूमा विशेषज्ञ रहने छन् ।
अटो शोमा अटोमोबाइल प्रेमीहरूका लागि नयाँ मोडल, प्रविधि र प्रवृत्ति अन्वेषण गर्ने र आगन्तुकहरूले नयाँ ब्रान्ड एवं नवीन प्रविधि एकै छानामुनि पाइने नाडाले जनाएको छ । वित्तीय विकल्प र व्यावसायिक अवसरहरूको पनि लाभ उठाउन सक्ने संयोजक बरालको भनाई छ ।
प्रदर्शनीमा सहभागी एक भाग्यशालीले हिरो जुम स्कुटर जित्ने अवसरसमेत पाउने र अटो शोको टिकट खल्ती एपमार्फत अग्रिम रूपमा किन्न सकिने आयोजकको भनाई छ । खरिदकर्ताहरूले अगस्ट २६ सम्मको खरिदमा २० प्रतिशत क्यासब्याक पाउने नाडाको भनाइ छ ।
नाडा अटो शो २०२४ मा ६ दिनको अवधिमा करिब ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
अर्थ सन्जाल